भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
आँखा छलेर नियम मिच्नेहरुलाई कारबाहीको दायरामा ल्याउन ट्राफिक प्रहरीले अभियान सुरु गरेको छ ।ट्राफिकको आँखा छलेर ट्राफिक नियम भिच्ने बानी परेकाहरुलाई ट्राफिक प्रहरीको आँखाले नदेखे पनि क्यामेराले भने निगरानी गरिरहेको हुन्छ । किनभने शरीरमा एक्सन क्यामेरा भिरेर बुधबारदेखि ट्राफिक प्रहरी सडक चेकिङमा निस्कदैछन् ।चालकको गल्ती अडियोरभिडियोयुक्त क्यामरामा कैद हुनेछ र तुरुन्तै कारबाही गरिने छ । लेन मिच्ने र भाग्ने क्रम बढेपछि ट्राफिक प्रहरीकै छातीमा ‘गोब्रो’ क्यामरा जडान गरेर प्रमाण कैद गर्ने नयाँ रणनीति अपनाएको उपत्यका ट्राफिक महाशाखाका डीआईजी प्रकाश अर्यालले बताए ।क्यामरासहितको लेन अनुशासन कारबाही सञ्चालन गरेको ८ दिनमा १३ सय २४ जना कारबाहीमा परिसकेका छन् ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment