भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
 |

बिहे गरेर २ छोरा र १ छोरीको बाउ समेत भैसकेका कलाकार दिपक राज गिरीले चैत १५ गते दोस्रो बिहे गरेका छन् । टेलिभिजनको पर्दामा दिपालाई श्रीमती बनाएका गिरीले उनै दिपाश्रीको निर्देशनमा प्रियंका कार्कीलाई झ्याई पारे । दिपक प्रियंकाको विहेमा जितु नेपाल मुन्द्रे चैं लमी बने ।चैत १५ गते दिउँसो काठमाडौलाई हावा हुण्डरीले हल्लाई रहेको बेला जग्गेको काम सकिदै थियो । छक्का पञ्जा गर्दे बिहे गर्न पनौति सुन्थान गाउँमा पुगेका दिपक र प्रियंकाको बिहे दखेर सुन्थान बासिले रमाईलो माने ।यो सबै सिनेमा छक्का पञ्जाको रमाईलो दृश्य थियो । निर्देशक गर्दै थिईन् दिपाश्री निरौला । यस अघि दिपक दिपाले बनाएको सिनेमा वडा नम्बर ६ मा दिपकले प्रियंकालाई ताकेका थिए तर छक्का पञ्जामा चै उनीहरुको बिहे नै भयो नि ? छक्का पञ्जा निर्देशक दिपाश्रीलाई हाम्रो प्रश्न थियो – उनले भनिन् यो सबै कथाले मागेको हो , दिपक र प्रियंकाले होईन ( लामो हाँसो )छक्का पञ्जाका बारेमा दिपाले भनिन् , छायांकनको आज आठौ दिन, हिजो बिवाह भयो । आज अरु सिन पनि सकियो । सुन्थान पछि आज हामी खोपासिमा छौं । २० गते सम्म खोपासि मै हुन्छौ । सायद २० गते काठमाडौ फर्किदा सिनेमाको ४० प्रतिशत दृश्य सकिन्छ होला ।छक्का पञ्जा मार्फत दिपाश्री निरौलाले निर्देशनमा डेब्यु गरेकी हुन् । दर्जनौ सिनेमामा नायीका भएर काम गरेको अनुभव संगालेकी दिपाले करिब ६ सय हप्तासम्म तितो सत्य हाँस्य व्यंग्य श्रृंखलामा मुख्य सहायक निर्देशनको जिम्मेवारी सम्हाली सकेकी छिन् ।निमार्णका हिसाबले छक्का पञ्जा , दिपक दिपा सहित हाँस्य व्यंग्य कलाकारको टोलीले निमार्ण गर्न लागेको तेस्रो सिनेमा हो । यस अघि ब्लक बस्टर सिनेमा छ एकान छ र वडा नम्बर ६ यहि टिमले नै बनाएको थियो ।निर्माणाधिन सिनेमा छक्का पञ्जामा दिपक राज गीरी, प्रियंका कार्की, जितु नेपाल केदार घिमीरे, शिवहरि पौड्याल, किरण केसी , नम्रता सापकोटा लगायतका कलाकारहरुको अभिनय रहनेछ । सिनेमालाई पुरुषोत्तम प्रधानले खिच्दैछन् ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment